राजनीति

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौँ, २८ चैत । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार स्थगित भएको बैठक आज  बिहान ११ बजेका लागि बोलाइएको हाे । 

यसअघि मंगलबारको बैठकमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । दलहरूबिच कुनै सहमति नभएकोले कांग्रेस आजको बैठकमा पनि अवरोध गर्ने तयारीमा छ ।