भक्तपुर, २ बैशाख । भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् ।
जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक सिन्दुरे भएको थियो । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा आर्थिक कारण एवं अन्य समस्या देखाउँदै १९ खटसहित जात्रा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्