राजनीति

मन्त्री श्रेष्ठद्वारा शिक्षा क्षेत्रको बजेट विनियोजनबारे सुझाव दिन अनुरोध



काठमाडौँ, ३ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत विवरण सार्वजनिक गरेकी हुन्। 

सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकी छन् । शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई यी तथ्याङ्कले सहयोग गर्नेछ ।

 यी तथ्याङ्कको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल [email protected]  मा पठाउन सकिनेछ। शिक्षा क्षेत्रमा ५ वर्ष देखिको बजेट विनियोजन विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।