काठमाडौँ, ३ बैशाख । भोजपुरबाट पेस्तोल र गोलीसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले आइतबार साँझ टेम्केमैयुम गाउँपालिका-१ घर बताउने ३७ वर्षीय सुमन परियारलाई पक्राउ गरेको हो ।
उनलाई षडानन्द नगरपालिका-९ स्थित जंगलबाट पेस्तोल १ थान, गोली ११ राउण्ड, म्यागजिन १ थान, सुन जस्तो देखिने पहेँलो धातुको गहना मारवाडी २ थान, सिक्री १ थान, बेरुवा औँठी १ थान र नगद ९ हजार ५० रुपैयाँसहित पक्राउ गरिएको हो । उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्