राजनीति

प्रधानमन्त्री प्रचण्डसँग विपिन जोशीका परिवारको भेटवार्ता



काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी भने सम्पर्कविहीन भएका थिए । विपिनको अवस्था अज्ञात छ ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।