अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १० वैशाख । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३८ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।