काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ ।
आयोगको सोमबार बसेको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो । इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ ।
आयोगको निर्णयमा भनिएको छ, ’निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने,’ ।










प्रतिक्रिया दिनुहोस्