समाचार

दैनिक २३ जना संक्रमित फेला



काठमाडौँ, १० वैशाख । पछिल्लो समय दैनिक रूपमा २३ जना कोरोना संक्रमित फेला पर्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार दैनिक रूपमा जाँच गराउनेमध्ये देशभर २३ जनामा कोरोना भाइरस पुष्टि हुने गरेको छ । 

मौसम परिवर्तनसँगै आएको समस्याका कारण अस्पताल पुग्ने गर्भवती, बालबालिका, वृद्धवृद्धाहरुमा कोरोना भाइरस पुष्टि हुने गरेको डा. बुढाथोकीले बताए । कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड अपनाउन बुढाथोकीले आग्रह गरेका छन् ।