काठमाडौँ, १६ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ ।
श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो ।
कार्यविधि अनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो । त्यस्तै, श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायहरुसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्याहरू एकद्धार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो । श्रमिकहरुले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रब्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल (फेसबुक, हट्सयावप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्नेछन् ।
कसरी गर्ने समस्या, गुनासो, जिज्ञासा र सुझाव दर्ता ?
नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफै उपस्थित भएर पनि दर्ता गराउन सक्नेछन् ।
कुनै माध्यमबाट श्रमाधानको कार्यालयमा पत्राचार गरेर ।
श्रमाधानको एपको प्रयोग गरेर ।
टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५ मा सम्पर्क गरेर ।
+९७७ –९८०१८०००१३, +९७७ – ०१–५९७०००८ वा +९७७ –९८५१३४७२२२ मा कल वा एसएमएस गरेर ।
विभिन्न Voice Over Internet Protocol (VO IP) नम्बरमा सम्पर्क गरेर ।
इमेल ठेगाना [email protected] मा इमेल गरेर ।
श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक पेज facebook.com/shramadhan2 मा मेनसन, ह्यासटयाग र म्यासेज पठाएर ।
श्रमाधान कल सेन्टरको आधिकारी एक्स पेज x.com/shramadhan2 मा मेनसन वा ह्यासटयाग र म्यासेज पठाएर ।
श्रमाधान कल सेन्टरको आधिकारिक युटयुब च्यानल youtube.com/@shramadhan मा कमेन्ट गरेर ।
श्रमाधान कल सेन्टरको आधिकारिक इन्स्टाग्राम ID Instragram.com/shramadhan2 मा मेनसन, ह्यसटयाग र म्यासेज पठाएर ।
+९७७–९८०१८०००१३, +९७७ –९८०१३०००३३, +९७७–९८५१३४७२२२ मा इमो, भाइबर, हट््सएप, सिग्नल मार्फत म्यासेज पठाएर ।
प्रतिक्रिया दिनुहोस्