समाचार

नियमित खोप डीपीटी र पोलियो अभाव



काठमाडौँ, २१ वैशाख । बाँकेको बैजनाथ गाउँपालिमा बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ ।

एक वर्षभित्रका बालबालिकालाई नियमितरुपमा लगाउने खोप डीपीटी र खुवाउने पोलियो अभाव भएको हो । गत चैत्र २० गते नियमित रूपमा लगाउनु पर्ने डीपीटी खोप हाल एक महिना हुँदासम्म नलगाएको एक स्थानीयको गुनासो छ । 

सरकारको नियमित खोप कार्यक्रम अनुसार डीपीटी खोप ३ पटक लगाउनुपर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा लगाउनु पर्ने उल्लेख छ । यस्तै, पोलिया पनि दुई थोपा ३ पटक खुवाउनु पर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा खुवाउनु पर्ने हुन्छ ।