राजनीति

सर्वोच्च अदालतकाे सबै सुनुवाइ स्थगित



काठमाडौँ, २७ वैशाख । सर्वोच्च अदालतको आजको पेसी सूचीमा रहेका सबै सुनुवाइ स्थगित भएको छ । 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि आज सबै सुनुवाइ स्थगित भएको हो । सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार  सर्वोच्चमा बिहीबार प्रशासनिक काम कारबाही मात्र हुनेछ ।

यससँगै गण्डकी प्रदेश सरकारविरूद्धको रिटमाथिको सुनुवाइ रोकिएको छ । तर, कोसीमा प्रदेश प्रमुखको नयाँ सरकार गठनका लागि आह्वान गर्ने निर्णयविरूद्ध कांग्रेसले दायर गर्न लागेको रिटका लागि भने प्रशासनिक बाधा परेको छैन ।