राजनीति

तीन दिनसम्म सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने कांग्रेसको निर्णय



काठमाडौँ, २७ वैशाख । नेपाली कांग्रेस तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको निधनपछि बसेको आकस्मिक बैठकले वैशाख २७, २८ र २९ गते पार्टी कार्यालयको झण्डा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार शुक्रवारका केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको छ । पूर्वमन्त्री समेत रहेका गुरुङको वैशाख २५ गते बिहान काठमाडौँ ज्ञानेश्वर स्थित हिमाल अस्पतालमा उपचारका क्रममा भएको निधन भएको थियो ।