समाचार

समाजको सफाई अभियानमा वल्र्डसंगै गुण्डु स्कूल जोडिदै



भक्तपुर २९ वैशाख । नागरिक समाज भक्तपुरले लामो समयदेखि भक्तपुरमा सरसफाईको अभियान संचालन गर्दै आएको छ । हरेक साताको शनिवार विहान संचालन गर्दै आएको सफार्इ अभिायन कार्यक्रममा सूर्यविनायक नगरपालिका, नेप्सेम्याक, काठमाण्डौ वल्र्र्डस्कूल सूर्यविनायक,सुरक्षाकर्मी , स्वाथ्यकर्मी लगायतका संघ –संस्थाहरुको उल्लेखनीय सहभागिता रहदै आएको छ ।

आज शनिवार सूर्यविनायकको पाण्डुबजार चोकबाट माथिकृष्णमन्दिर सम्म नागरिक समाजको अगवाईमा सफाई अभियान संचालन कार्यक्रम सम्पन्न भयो । आज भएकोृ सफाई अभियानमा गुण्डु स्कूलका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो सफाइ ःअभियानमा स्कूलका विद्यार्थीहरुसंगै विभिन्त्र सामाजिक संघ–सस्थाको समेत सहभागिता रहेको समाजका प्रवक्ता केशब लुईटेलले जानकारी गराए । कृष्णमन्दिरको परिसरमा भएको सफाई कार्यक्रमको समापन भिगेल नेपालकी विपना केसीले गरेकी थिइन । समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केसीले भनिन – कुनै पनि काम गर्नु भन्दा अघि नागरिकलाई त्यो कामप्रति चेतना जगाउनु जरुरी हुँन्छ । त्यसपछि मात्रै नागरिकहरुले काम प्रति रुचि देखाउनेल गर्छन । नागरिक समाजले सफाईले टोलको वा सडकको सफाईमा जुन प्रकारको कामको अगुवाई गरेको छ । त्यो कामको भविष्यमा पनि निरन्तरताको अपेक्षा गर्दछु ।

गएको साता समाजले सूर्यविनायक चोकबाट गणेश मन्दिरको परिसर सम्म सफाई गरेको थियो । सो कार्यक्रममा काठमाण्डौ वल्र्ड स्कूलको उल्लखनीय सहभागिता रहेको थियो । सफाई अभियान कार्यक्रमको संयोजन गर्दै आउनु भएका समाजका प्रवक्ता केशब लुईटेलका अनुसार आगामीमा दिनमा पनि हरेक शनिवार सफाईको कार्यक्रमलाई निरन्तरता दिने छ। सफाई कार्यक्रममा स्थानीय सामजिक संघ – संस्थाहरुको सक्रिय सहभागिताका लागि आफूहरुले निरन्तर प्रयास गर्दै आएको छ ।

समाजको अगुवाईमा हुने सफाइ अभियान भविष्यमा पनि जारी रहने वताए । उनले भने – सामाजिक काममा सवैको सहभागिताका जुटाउने र सम्भ समाज निर्माणमा सबैलाई सहभागि गराउने उद्देश्यका साथ समाजले सफाई कार्यक्रमा को अगुवाई गरिरहेको हो । आउदा दिनमा हामी भक्तपुर जिल्ला भरिनै यो कार्यक्रमलाई अघि बढाउने छौ । र, हाम्रो यो अभियानमा विभिन्त्र सामाजिक संघ –संस्था र विद्यालयहरुलाई जोड्दै जाने छौ । हाम्रो घर,आँगन, टोल र सडकको सफाई हामी आफैले गर्ने हो अरुले गर्दैन भन्ने चेतको विकास गर्ने सोचका साथ नागरिक समाजले कुचो समातेको उनले वताए ।