काठमाडौँ, २९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसमिति बैठकले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख र सरकारले गृहमन्त्रीलाई संसद्मा बोल्न अवरोध गरेको निष्कर्ष निकालेको छ ।
शनिबार पार्टी सभापति देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र सरकारको रवैयाका कारण गृहमन्त्री लामिछानेले संसद्मा बोल्न नपाएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताएका हुन् । उनले सभामुख देवराज घिमिरे सभामुखको रूपमा भन्दा पनि एमाले नेताको रूपमा प्रस्तुत भएको उनले आरोप लगाए । तर शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न अवरोध गरेको थियो । उनले सरकारले संसद्मा पेश गर्ने कुनै पनि कार्यक्रममा कांग्रेसले अवरोध गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने– ‘हिजो हामीले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भनेर दलगत रूपमा निर्णय गरेर सभामुखलाई पनि भनेका थियौँ । हामी बोल्न दिने भएका थियौँ तर सभामुखले उहाँलाई बोल्न नदिने रणनीति तयार गर्नुभयो । उहाँहरूले जबरजस्ती सरकारी बिजनेसमा प्रवेश गर्ने प्रयास गरेको हुनाले हिजो हाउस अवरुद्धको स्थिति बन्यो । सरकार र सभामुखको मिलेमतोमा हाउस अवरुद्ध हुने स्थिति बनेको ठहर गर्र्यौँ ।’










प्रतिक्रिया दिनुहोस्