काठमाडौँ, ३० वैशाख । धरान उपमहानगरपालिका–८ बाट तीन सय १३ गाजासहित एक जना पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षे आशीष कार्की सो परिमाणको गाजासहित पक्राउ गरेको हो ।
धरान–८ स्थित बुढासुब्बा वर्कसपमा बा१०च ६८३८ नंको स्कार्पियो गाडी शङ्कास्पद अवस्थामा देखिएपछि चेकजाँचका क्रममा गाडीभित्र कालो प्लाष्टिकमा राखिएको गाजासहित कार्कीलाई पक्राउ गरिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्