काठमाडौँ, १ जेठ । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आज दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
मन्त्रिपरिषद् बैठकबाट १६औँ पञ्चवर्षीय योजना पनि पारित गरिएको उनले बताइन् ।










प्रतिक्रिया दिनुहोस्