काठमाडौँ, ५ जेठ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै चौताराबाट आज बिहान ७:३० बजे ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको हो ।
कार सडकबाट अन्धाजी ५०० मिटर तल खसेको छ । कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरू तीनै जनाको पहिचान खुलेको छैन ।










प्रतिक्रिया दिनुहोस्