काठमाडौँ, १७ जेठ । बैंकिङ कसुर मुद्दाका फरार एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–३ घर भएका नवराज बस्नेत छन् । काठमाडौँको गोठाटार बस्ने ४१ वर्षीय बस्नेतलाई पक्राउ गरेर चितवन पठाइएको छ ।
उनीविरुद्ध चितवन जिल्ला अदालतबाट ३० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।










प्रतिक्रिया दिनुहोस्