राजनीति

कांग्रेसबाट सभामुखमाथि महाअभियोग लगाउने धम्की आयो : सांसद भट्टराई



काठमाडौँ, २२ जेठ । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेमाथि महाअभियोग लगाउँछु भनेर धम्की दिएको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले विगतमा महाअभियोगको दुरूपयोग गर्ने काम कांग्रेसबाट भएको चर्चा गरे । उनले प्रश्न गरे, “महाअभियोगको चर्चा सुन्यौँ, लगाउन पाइन्छ संविधानले अधिकार दिएको छ,” “तर, विगतमा महाअभियोगको दुरुपयोग कसरी भएको छ ? बहालवाला प्रधानन्यायाधीश सुशिला कार्कीमाथिका महाअभियोग के हो ? चोलेन्द्र शमशेरमाथि महाअभियोग किन आयो ?” 

उनले एमाले पार्टीसँग पनि संख्या भएको भन्दै एमालेले त्यसको दुरूपयोग नगर्ने बताए । “यस्ता खाले धम्कीले एमाले डराउँदैन,” उनले भने ।