काठमाडौँ, २३ जेठ । नेकपा एमालेकी सांसद सुनिता बरालले दैनिक १५ घण्टा लामो विद्युत कटौति (लोडसेडिङ) ले औद्योगिक क्षेत्र समस्यामा परेको र उक्त लोडसेडिङ हटाउन सरकारसग माग गरेकी छन् ।
आज प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद बरालले दैनिक २४ घण्टासम्म लगातार चल्नु पर्ने उद्योगहरु १५ घण्टा लामो लोडसेडिङका कारण क्षमता भन्दा धेरै कम सञ्चालन भइरहेको जानकारी दिइन् । उद्योगमा बिजुली आपूर्ति नहुँदा उत्पादन घटेको उनको भनाई छ ।
उनले भनिन् ‘लोडसेडिङमुक्त देश भनेर गौरव गर्दा यो खुशी काठमाडौँको मात्रै हो भनेर बस्नुपर्ने वाध्यता हामीमा छ ।’ ‘औद्योगिक करिडरमा बिजुली कति बेला जाने र आउने हो र लोडसेडिङका कारण उद्योगहरुले कति घाटा व्योहर्नुपर्ने हो भन्ने कुरा उद्योगी चिन्तामा छन्’ ‘औद्योगिक क्षेत्रमा भइरहेका दैनिक १५ घण्टा लामो लोडसेडिङ हटाइ अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योग सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानकर्षण गराउछु ।’










प्रतिक्रिया दिनुहोस्