विश्व

आज रातिदेखि सुरु हुँदै छ युरो कप फुटबल २०२४




काठमाण्डौ,३२ जेठ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘युरो कप २०२४ सुरु हुँदै छ । बहुप्रतीक्षित युरोपियन च्याम्पियनसिपको उद्घाटन खेलमा स्कटल्याण्डले आयोजक जर्मनीको सामना गर्नेछ । यो खेल नेपाली समयानुसार आज राति १२ः४५ बजे सुरु हुनेछ ।

१४ जुलाईसम्म चल्ने प्रतियोगितामा कुल २४ टिम उपाधिका लागि भिड्नेछन् । यसअघि सन् २०२१ को संस्करणमा इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन बनेको थियो ।

२४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहमा ४ टिम छन् । आयोजक जर्मनी टिम ग्रुप ‘ए’मा छ । साबिक विजेता इटाली ग्रुप बीमा छ, जसलाई ‘ग्रुप अफ डेथ’ पनि भनिन्छ । ग्रुप ‘बी’ इटालीसहित स्पेन, क्रोएसिया र अल्बानिया छन् ।

क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको ग्रुप ‘एफ’मा टर्की, जर्जिया र चेक रिपब्लिकलाई राखिएको छ । किलियन एम्बाप्पेको टिम फ्रान्स ग्रुप ‘डी’मा छ, जसमा पोल्यान्ड, नेदरल्यान्ड्स र अस्ट्रिया छन् ।

नेपालमा सोनी सिक्सबाट युरो कपका खेलहरू हेर्न पाइने युरोपेली फुटबल महासंघको वेबसाइटमा उल्लेख छ ।

कुन ग्रुपमा कुन(कुन टिम

ग्रुप ए

जर्मनी
स्कटल्यान्ड
हङ्गेरी
स्विट्जरल्यान्ड

ग्रुप बी

स्पेन
क्रोएसिया
इटाली
अल्बानिया

ग्रुप सी

स्लोभेनिया
डेनमार्क
सर्बिया
इंग्ल्यान्ड

ग्रुप डी

पोल्यान्ड
नेदरल्यान्ड्स
अस्ट्रिया
फ्रान्स

ग्रुप ई

टर्की
जर्जिया
पोर्चुगल
चेक रिपब्लिक