काठमाडौँ, १ असार । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको संक्रमण बढेको बताए ।
उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको बताए ।नका अनुसार ७१ जिल्लामा एक हजार १३० जनामा संक्रमण देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेङ्गु रोगको संक्रमण देखिएको थियो ।
उनका अनुसार कोसी प्रदेशमा २७२, मधेस प्रदेशमा ३०, वाग्मती प्रदेशमा ३९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा संक्रमण देखिएको छ ।
काठमाडौँमा ११४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्