काठमाडौँ, १ असार । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज भएको हो ।
‘पशुपति प्रसाद–२ः भष्मे डन’ हेर्न १९९ रुपैयाँ तिर्नुपर्नेछ । दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया दिनुहोस्