मनोरञ्जन

‘बोक्सीको घर’ले मनायो ५१ दिन



काठमाडौँ, २ असार । केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ ।

न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो । चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार फिल्मको कमाइ १० करोडभन्दा माथि छ । बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये सर्वाधिक कमाउने घरेलु फिल्म समेत बनेको छ ।

अन्य मुख्य मल्टिप्लेक्सबाट फिल्म हट्दा रञ्जना हलमा भने यसले निरन्तरता पाइरहेको छ । अभिनेत्री समेत रहेकी केकीको होम प्रोडक्सनबाट बनेको यो पहिलो फिल्म समेत हो । आफ्नो फिल्म व्यावसायिक रुपमा सफल भएकोमा उनले दर्शकप्रति आभार व्यक्त गरेकी छन् ।