काठमाडौँ, २ असार । आज सेयर बजारको परिसूचक नेप्से १७.०४ अंक घटेर २०९५ अंकमा कायम भएको छ । कुल ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । ६४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह मात्रै हरियो रह्यो । सो समूह जम्मा २.३ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४९, फाइनान्स १७, हाइड्रोपावर ६, जीवन बीमा ३७, उत्पादन ६२, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा ६८, अन्य १८ र व्यापार समूह २ अंक घटे ।
नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, कुथेली बुखरी स्मल हाइड्रोपावरको ७.३, दिव्यश्वरी हाइड्रोको ६.७, युनियन हाइड्रोपावरको ४.४ प्रतिशत मूल्य बढ्यो । भगवती हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ६.१, ग्लोबल आईएमई लघुवित्त ५.४, मुक्तिनाथ कृषि कम्पनीको ५.१ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सीईडीबी हाइड्रोपावर, समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस्