समाचार

दमौली अस्पतालमा दुई थान डायलाइसिस मेसिन थप



काठमाडौँ, ९ असार । संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले तनहुँको दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस  मेसिन प्रदान गरेको छ । 

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरे । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् ।