काठमाडौँ, १२ असार । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो । मृतकहरू नाताले नन्द-भाउजू हुन्।
मंगलबार १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन ।
उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ । घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा थिए । छोरा सकुशल रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्