काठमाडौँ, १२ असार । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.६० अंकले घटेको छ । घटेको बजारमा बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १३ समूहमध्ये फाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहगत परिसूचक घट्दा फाइनान्स समूहको परिसूचक ११.३३ अंकले बढेको छ ।
यस दिन सेन्टर फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मचेन्ट बैंक एन्ड फाइनान्स, जनकपुर फाइनान्स, नेपाल फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्य बढेको छ ।
नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले वृद्धि भएको छ । ५७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज चार अर्ब पाँच करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्