अर्थ

एकल पुरुषलाई वार्षिक भत्ता



काठमाडौँ, १३ असार । जुम्लाको तातोपानी गाउँपालिकाले यस आर्थिक वर्षबाट एकल पुरुषलाई वार्षिक भत्ता दिने निर्णय गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने भएको हो । गाउँपालिका भित्रका रहेका आर्थिक अवस्था कमजोर भएका, बेसहारा र कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले जानकारी दिए ।

उनका अनुसार पालिकामा रहेको ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक ४ हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उक्त कार्यक्रमका लागि दुई लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

साथै, किसानलाई व्यावसायिक पशु पालनतर्फ आकर्षित १ सय भन्दा बढी भेडा बाख्रा पालन गर्ने पशु पालक कृषकलाई मासिक ५ सय गोठालो भत्ता दिनको लागि ४ लाख बजेट विनियोजन गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिए ।