समाचार

कालाजारका बिरामी फेला



काठमाडौँ, १३ असार । वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर–९  रानीघाटमा बसोबास गर्दै आएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए ।

“कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ”, उनले भने, “कालागारको लक्षण देखिएको महिला वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ ।” उनले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षणका लागि अनुरोधसमेत गरे । 

यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौजनामा डेङ्गी भेटिएको बताए । पछिल्लो तीन महिनामा सात जना डेङ्गीका बिरामी महानगरभित्रै र अन्य दुई बिरामी ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकामा भेटिएका हुन् ।