मनोरञ्जन

राजेशपायल राईलाई फ्लाइ दुबईले रोक्यो 



काठमाडौँ, १३ असार । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले पूर्वनिर्धारित फ्लाइटमा यात्रा गर्न रोक लगाएको छ ।

आज दिउँसो १२ बजे फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका उनलाई एयरलाइन्स कम्पनीले केही समय ‘होल्ड’ गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका अनुसार राजेशपायल राईले धेरै मदिरा सेवन गरेको पाइएकोले फ्लाई दुबईले केही समय बसेर अर्को फ्लाइटमा जान भनेको हो । १२ बजेको फ्लाइटमा जानुपर्नेमा अब उनी अर्को फ्लाइटमा जानेछन ।