अर्थ

नेप्से परिसूचक ८.२४ अंकले घट्यो



काठमाडौँ, १३ असार । आज नेप्से परिसूचक ८.२४ अंकले घटेको छ । सो अंकको कमीपछि २०५१ अंकमा कायम भएका ेछ । कुल ३ अर्ब ७१ करोडको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएको थियो ।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.२३ प्रतिशत (५५ अंक) घट्यो । बैंकिङ ०.०९ तथा अन्य समूह १५ अंक बढे । व्यापार ४०, निर्जीवन बीमा ७०, माइक्रोफाइनान्स ४३, उत्पादन ७५, जीवन बीमा ९९, हाइड्रोपावर ११, होटल तथा पर्यटन २७ र विकास बैंक समूह १७ अंक घटे ।

त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युतको ५.६, माण्डु हाइड्रोपावरको ३.८, हिमालयन पावरको ३.७, माउन्टेन हाइड्रो नेपालको ३.७ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै बढ्नेमा बैंक तथा वित्तीय संस्थाका ऋणपत्र पनि अगाडि रहे ।

नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घटेको छ । शिवश्री हाइड्रोको ७.८, स्वेतगंगा हाइड्रोको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, युनाइटेड इदी मर्दी, पोखरा फाइनान्स र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।