Banner News

लोकतन्त्र जनताले जोगाउँछन् नेताले चिन्ता गर्नुपर्दैन : रवि लामिछाने



काठमाडौँ, १६ असार । रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । 

आज नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको बताए । 

उनले प्रश्न गर्दै भने, ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?’, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’ उनले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुपर्ने बताए ।

नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने बताए ।