राजनीति

नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन आज पनि जारी  



काठमाडौँ, १७ असार । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन आज पनि जारी रहनेछ । हिजोबाट सुरु भएको महाधिवेशन आज पनि जारी रहने भएको हो ।  

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको थियो । 

समाजवादीले महाधिवेशनमा निर्वाचित हुन २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २९९ तय गरेको छ ।