काठमाडौँ, १७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रहरीको सहयोग लिएर भए पनि शैक्षिक क्षेत्रको गुन्डागर्दी हटाएरै छाड्ने बताएकी छन् ।
आज प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले आफू शिक्षामन्त्री रहुन्जेल यो क्षेत्रमा दलीय राजनीति हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्, “जबसम्म म शिक्षामन्त्री छु, प्रहरी प्रयोग गर्छु, गुन्डागर्दी सहिन्नँ । दलीय राजनीति हटाएरै छोड्छु,” ।
मन्त्री श्रेष्ठले राजनीतिक दलको भातृसंस्थाले तालाबन्दी गर्ने अनि उत्तरपुस्तिका समयमा ‘चेक’ किन भएन भनेर प्रश्न गर्नु उचित नहुने बताइन् ।
“शिक्षा क्षेत्रलाई जोन अफ पिस बनाऊँ । आफनो निर्वाचन क्षेत्रमा टिचर गएको छ/छैन हेरौँ र छैन भने फोन गरेर जानकारी दिनुस् । कारबाही त गर्नुपर्यो नि,” उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्