समाचार

पोखरीमा डुबेर दुई बालकको मृत्यु



काठमाडौँ, १८ असार । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो । 

सोमबार करिब ११ बजेदेखि हराइरहेका दुवै बालकको मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृतावस्थामा फेला पारिएको हो । 

 प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगेको छ । यस क्षेत्रमा जथाभाबी ग्राभेल उत्खनन गरिँदा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बर्सेनि बाल बालिकाको मृत्यु हुने गरेको छ।