काठमाडौँ, २१ असार । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक अस्थिरता भएपनि नीतिलाई निरन्तरता दिनु पर्ने बताएका छन् ।
कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने एक दिने सम्मेलनमा बोल्दै उनले पुनले कृषि लगानी दशक विगत देखिको नै योजना भएकाले र त्यसलाई निरन्तरता दिएको बताएका हुन् ।
उनले भने, ‘कृषि लगानी दशक पहिलाकै साथीहरूले अध्ययन गर्नु भएको हो, यस योजनालाई मैले निरन्तरता दिएका छु’, ‘भोलिको दिनमा सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ ।’
मन्त्री पुनले भौगोलिक अवस्था अनुसार छिमेकी मुलुकमा बजारको सम्भावना भएको कृषि उपज उत्पादनमा जोड दिनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्