काठमाडौँ, २७ असार । बारामा बस पल्टिँदा १३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान १० बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै दुर्घटना हुँदा १३ जना घाइते भएको हो ।
दुर्घटना भएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो । दुई जना घाइतेको अवस्था गम्भीर छ ।
मलंगवाबाट वीरगंज जाँदै गरेको ना. ४ ख ७१९४ नम्बरको बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरू सवार थिए ।
गम्भीर घाइते भएका २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीमा राखेर सिमरा अस्पताल लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्