राजनीति

नेपाली भाषा जाति प्यारो छ, भानुभक्त प्रतिको सम्मान पनि त्यति नै उच्च: अध्यक्ष ओली



काठमाडौँ, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम नेपालीलाई नेपाली भाषा जति प्यारो छ भानुभक्तप्रतिको सम्मान पनि त्यति नै उच्च रहेको बताउनुभएको छ ।

आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती !! हामीले बोल्ने नेपाली भाषा हामीलाई जाति प्यारो छ, भानुभक्त प्रतिको सम्मान पनि त्यति नै उच्च छ। हार्दिक श्रद्धा आदिकवि ! हार्दिक सम्मान अमर विभूति !!