काठमाडौँ, २९ असार । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिकवी भानुभत्तका योगदान स्मरण र सम्मान योग्य रहेको बताउनुभएको छ ।
आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भानुभक्तको योगदान नेपाली संस्कृति र सामाजिक रुपान्तरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभएको छ, ‘आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती (भानु जयन्ती)को अवसरमा देशभित्र र बाहिर रहनुभएका साहित्यानुरागी एवं समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुशरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।










प्रतिक्रिया दिनुहोस्