समाचार

चितवनमा भारतीय नागरिकको शव फेला



काठमाडौँ, २९ असार । चितवनमा एक भारतीय नागरिकको शव फेला परेको छ । भरतपुर महानगरपालिका– २८ मा एक भारतीय नागरिकको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतीय नागरिक ऋषि साहका शव फेला परेको हो । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो ।  

साहको साथमा रहेको रासन कार्डको आधारमा उनको पहिचान गरिएको हो । साह सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा खसेको वीरगन्जबाट आएको बसका यात्रु हुनसक्ने आशंका गरीएको प्रहरीले जनाएको छ ।