काठमाडौँ, ३१ असार । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।
जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका लागि कार्यसूचि तय गरिने संसद सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्