काठमाडौँ, ३१ असार । ललितपुर प्रहरीले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरीका अनुसार इमाडोलको रातामकैचोकबाट इमाडोल बस्ने साजन गिरी, तस्बिर श्रेष्ठ, खेमबहादुर बुढाथोकी, याङ्वा शेर्पा, नील श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले एक लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ । रातामकैचोकको एक खाजा पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्