काठमाडौँ, १ साउन । सरकारले आर्थिक वर्ष २०८०/८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात् १० खर्ब ७५ अर्ब रुपैयाँ बराबर राजस्व उठेको हो ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व सङ्कलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्