काठमाण्डौ, २ साउन । बंगलादेशमा हिंसात्मक प्रदर्शन भएको छ । रोजगारीमा आरक्षणविरुद्ध भएको प्रदर्शन हिंश्रक बन्दा ६ जनाको मृत्यु भएको छ । यो घटनापछि बंगलादेशका विद्यालय तथा विश्वविद्यालयहरू अर्को आदेश नआउन्जेलसम्मका लागि बन्द गरिएको छ ।
बंगलादेशमा सरकारी सेवामा स्वतन्त्रताका लागि लड्नेहरूका सन्ततिलाई आरक्षण दिने गरिएको छ । सन् १९७१ मा पाकिस्तानसंगको लडाइँपछि बंगलादेश स्वतन्त्र भएको थियो । त्यसमा लड्नेहरूका सन्ततिलाई आरक्षण दिने गरिकएको छ ।
तर, प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थित समूहका बालबालिकाले यसको अनुचित लाभ लिने भन्दै कतिपयले यसको विरोध गरेका छन् । बंगलादेशमा यो आरक्षणविरुद्ध प्रदर्शन चलिरहेको थियो ।
विरोधकै कारण सन् २०१८ मा आरक्षणको यो व्यवस्थामा रोक लगाइएको थियो । तर, बंगलादेशको एक अदालतले आरक्षणको यो व्यवस्थालाई पुनः बहाल गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्