काठमाडौँ, ४ साउन । बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ ।
बंगलादेशमा ३ हजार ५ सयदेखि ४ हजारको हाराहारी नेपाली विद्यार्थी छन् । कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो । जसले गर्दा एकअर्कामा सम्पर्क हुन सकेको छैन ।
कतिपय विद्यार्थी भने नेपाल फर्किएको र केहि विद्यार्थी सडक मार्गबाट भारत हुँदै नेपाल फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हवाई मार्गबाट आउन खोज्ने विद्यार्थीको हकमा भने इन्टरनेट सेवा बन्द हुँदा हवाई टिकट काट्न समस्या भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले नेपाली विद्यार्थीहरू हालसम्म सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म सुरक्षित रहेको र केही विद्यार्थी नेपाल फर्किसकेको छ । इन्टरनेट सेवा बन्द भएपछि बंगलादेशस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्क भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्