काठमाडौँ, ६ साउन । गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार एक वर्षको अवधिमा ८ हजार ४२४ सवारी साधनलाई कारबाही गरिएको हो ।
कारबाहीबाट ५१ लाख २५ हजार ५०० रुपैयाँ राजस्व सकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यो १२ लाख कम हो । अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ६३ लाख १४ हजार राजस्व संकलन भएको थियो भने १० हजार ९६ सवारी साधन कारबाहीमा परेका थिए ।
ट्राफिक प्रहरीले मालबाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीहरुलाई कारबाही गरेको हो ।










प्रतिक्रिया दिनुहोस्