काठमाडौँ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
प्रमुख सचेतक सन्तोष परियारका अनुसार आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।
सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ ।










प्रतिक्रिया दिनुहोस्