काठमाडौँ, ६ साउन । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्राचारबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ ।
संसद् बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले पत्राचार शंकास्पद भएको भन्दै छानबिनको माग गरेका हुन् ।
“संसद्भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्,” उनले भने । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाउन चेतावनी दिए ।, “यो कन्सल्टेन्सी नबनाइयोस्,” उनले भने ।
“सूचना बेच्ने त देखिनँ । मान्छे बेच्ने यतै कतै छ कि छानबिन गर्नुपर्छ । उहाँको इज्जतका लागि संसद्को बाटोबाट टाप कस्न बेस हुन्छ,” खतिवडाले भने ।










प्रतिक्रिया दिनुहोस्