काठमाडौँ, ७ साउन । कर्णालीमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन् ।
आज राजीनामा घोषणा गरे लगत्तै उनीहरुले मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन् । माओवादीको तर्फबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।










प्रतिक्रिया दिनुहोस्